१४ वर्षिय बालिकालाई यौनदुर्व्यवहार गर्ने प्रहरी इन्सपेक्टर पक्राउ



नागरिक अपडेट


काठमाडौं । नेपाल प्रहरीका एक इन्सपेक्टर पक्राउ परेका छन्। बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा इन्सपेक्टर विदुर शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको हो।

Advertisement

शिवाकोटीले १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। बालिका शिवाकोटी कै घरमा घरेलु कामदार हुन्।

Advertisement

पटकपटक आफूमाथि घटना भएपछि बालिकाले उजुरी दिएको उल्लेख गरेकी छन्। उनले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा उजुरी निवेदन दिएकी थिइन्। इन्सपेक्टर शिवाकोटी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया