त्रिभुवन आर्मी क्लबलाई हराउँदै हेल्प नेपाल फाइनलमा



नागरिक अपडेट


काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै टिपटप हेल्प नेपाल फाइनल प्रवेश गरेको छ । टिपटपले आर्मीसँग २५–१७, २५–१५ र २५– २१ को जित हात पारेको हो । लिगमा ७ खेलमा ६ खेल जित्दै टिपटप हेल्प नेपाल फाइनल प्रवेश गरेको छ । यस जितसँगै टिपटप १९ अंकसहित शीर्ष स्थानमा छ ।

Advertisement

आर्मीको भने यो तेस्रो हार हो । आर्मी भने उपाधि होडबाट बाहिरिसकेको छ । लिग चरणको अन्तिम खेल विभागीय टिम नेपाल पुलिस र गण्डकी प्रदेशबीच हुनेछ । यस खेलमा सोझो सेट वा ३–१ ले जितेमा पुलिस फाइनल पुग्नेछ भने खेल हारेमा वा पाँच सेटमा खेल जिते पनि पुलिस उपाधि होडबाट बाहिरिने छ ।

आज महिलातर्फ भएका लिग चरणको अन्तिम खेलमा एपीएफले त्रिभुवन आर्मीलाई हरायो भने दोस्रो खेलमा नेपाल पुलिस क्लब एभरेष्टसँग पराजित भयो । पुरुषतर्फको यस अघिको खेलमा बूढानीलकण्ठले कोशी प्रदेशलाई ३–२ ले हराएको छ । दोस्रो खेलमा एपीएफले सुदूरपश्चिमलाई ३–० ले हरायो ।

लिगको महिला र पुरुषतर्फ दुवैको फाइनल खेल शनिबार हुनेछ । महिलातर्फको फाइनल शनिबार १ बजे हुनेछ भने पुरुषतर्फको फाइनल ३ बजे हुनेछ । तेस्रो स्थानको लागि पनि शनिबारै खेल हुनेछ । विजेता टिमले ८ लाख रूपैयाँ पाउने छ भने दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, सेटर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया