टी-२० विश्वकप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै श्रीलंका



नागरिक अपडेट


काठमाडौं – आईसिसी टी-२० विश्वकपमा अहिले श्रीलंकाले बंगलादेशविरुद्ध ब्याटिङ गर्दैछ।टस जितेर बंगलादेशले सुरुमा फिल्ड रोजेपछि श्रीलंकाले सुरुमा ब्याटिङ गरेको हो। समूह ‘डी’को बंगलादेश विश्वकपमा पहिलो खेल खेल्दैछ। श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको थियो।

Advertisement

पहिलो खेलमा बंगलादेश विजयी सुरुवात गर्न चाहन्छ भने श्रीलंका पहिलो जितको खोजीमा हुनेछ। यो समूहमा बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, नेपाल र नेदरल्याड्स छन्।

Advertisement

दक्षिण अफ्रिका दुई अंकसहित समूहको शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स समान दुई अंकसहित दोस्रो स्थानमा छ। नेपाल र श्रीलंकाले खाता खोल्न सकेका छैनन् भने बंगलादेश आज पहिलो खेल खेल्दैछ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया