खोलामा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु



नागरिक अपडेट


खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार पोखरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने बर्ष २८ का विश्वास सुवेदी रहेको सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।

Advertisement

पोखरा महानगरपालिका १७ छोरेपाटन स्थित भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्ने क्रममा मानिस डुबेर बेपत्ता भएको भन्ने खवर प्राप्त हुनासाथ गणबाट खटिएको विशेष खोज, उद्वार एवं गोताखोरको टोली तत्कालै परिचालन भई खोलाको २५ फिट गहिराईमा अड्किएर बसेको अवस्थामा शनिबार साँझ ६:४५ बजे शव निकालिएको शर्माले जानकारी दिए ।

Advertisement

मृतककाे शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाईएको शर्माले बताए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया