भारतको जम्मु काश्मिरमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली प्रहार



एजेन्सी


भारतको जम्मु काश्मिरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा आइतबार भएको ‘आतङ्कवादी आक्रमण’मा परी नौ जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् ।

Advertisement

बस दुर्घटनाबारे एएनआईसँग कुरा गर्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रियासी मोहिता शर्माले भने, “यो निकै दुर्भाग्यपूर्ण घटना हो । सुरुमा हामीले प्राप्त गरेको जानकारीअनुसार यात्रुबाहक बसमा बसमा आतङ्कवादी आक्रमण भएको (गोली चलाइएको) थियो ।

Advertisement

बस शिवखोरी मन्दिरबाट कटरातर्फ जाँदै थियो । “आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको थियो”, एसएसपीले भने, “उद्धार कार्य पूरा भएको छ ।”

Advertisement

उनले नौ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको बताए । उनीहरूलाई तत्कालै नरैनापुर र रियासी जिल्ला अस्पतालमा रेफर गरिएको थियो । “ती यात्रु स्थानीय थिएनन् । उनीहरुको पहिचान खुल्न सकेको छैन तर प्रारम्भिक रिपोर्टअनुसार उनीहरु उत्तर प्रदेशका हुन्,” शर्माले भने ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया