के तपाई गर्मी मौसममा दैनिक लिची खानुहुन्छ ?



नागरिक अपडेट


काठमाडौँ – लिची स्वादिलो र पौष्टिक फल हो, गर्मी मौसममा मानिसहरुले यसको सेवन गर्न थाल्छन् । तर यसको अत्यधिक सेवनले स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ ।

Advertisement

गर्मीको मौसम सुरु हुनासाथ मानिसहरु लिची खान थाल्छन् । यसको अत्याधिक सेवन स्वास्थ्यका लागि घातक हुनसक्छ । लिचीमा चिनीको मात्रा धेरै हुन्छ, त्यसैले मधुमेहका बिरामीले यसको सेवन गर्नु हुँदैन ।

Advertisement

आवश्यकताभन्दा बढी लिची खाँदा पेट फुल्ने, ग्यास र झाडापखाला जस्ता समस्या हुन सक्छ। कतिपयलाई लिचीबाट एलर्जी हुन सक्छ।

Advertisement

यसले रातो दाग र सुन्निने जस्ता समस्याहरू निम्त्याउन सक्छ। गर्भवती महिलाले लिचीको सेवन सिमित मात्रामा गर्नुपर्छ । यसले बच्चालाई असर गर्न सक्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया