पाल्पा,गुल्मी र अर्घाखाँचीका ठाउँलाई पायक हुनेगरी सार्वजनिक शौचालय निर्माण हुँदै



नागरिक अपडेट


पाल्पा । तानसेन नगरपालिका–११ मा सार्वजनिक शौचालय निर्माणको काम सुरु भएको छ । ‘एक वडा एक सार्वजनिक शौचालय’ कार्यक्रम अन्तर्गत तानसेन –११ तिनला कुरीमा शौचालय निर्माण गर्न थालिएको हो ।

Advertisement

वडा ११ मा बन्ने शौचालयमा महिनावारीमा हुने कठिनाइलाई मध्यनजर गर्दै यसका लागि ‘सेनेटरी प्याड’ राखिने भएको छ । वडा ११ का अध्यक्ष यादवसिंह कार्कीले यस वडामा ऐतिहासिक मन्दिर लिपिन्देवीमा लाग्ने मेलामा आउने भक्तजनका लागि शौचालय अपर्याप्त हुनेगरेकाले अब सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

Advertisement

कार्कीले भन्नुभयो, ‘मुख्य सडक पर्ने भएकाले यहाँबाट छहरा, बतासे, गुल्मी, अर्घाखाँची लगायतका ठाउँमा जाने सवारी साधन यही रोक्ने र सबैलाई पायक पर्ने गरी तिनला कुरीमा शौचालय निर्माण गर्न लागिएको हो ।’

Advertisement

नगरपालिकाको एक वडा एक शौचालय कार्यक्रम सार्वजनिक जग्गा नहुँदा सफल हुन नसकेको तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । अपुरो र अधुरो कामलाई आगामी बर्ष पूरा गर्नेगरी काम गर्ने योजना रहेको श्रेष्ठको भनाइ छ । नगरपालिकाले वडा ३, २, ६ मा सार्वजनिक शौचालय निर्माण गर्दैछ  ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया