प्रेम सुनार,गुल्मी। गएराती गुल्मी अर्घाखाँचीको सिमनामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन । छत्रदेव गाउँपालिका ७ देउराली तम्घास भित्रि कच्ची सडकमा ना ८ ख ६६४४ नम्बरको ट्रिपर सडक देखि ६० ÷ ७० मिटर तल खस्दा त्यसमा सवार सन्धिखर्क नगरपालिका –८ अर्घाखाँचीका २६ बर्षिय रामलाल पुरीको उपचारका क्रममा गुल्मी अस्पतालमा गएराती मृत्यु भएको हो ।
त्यस्तै सोही सोही पालिका –७ का ३३ बर्षिय रिसभ केसी , र तिलगंगा नगरपालिका– २ का २९ बर्षीय नविन घिमिरे घाईते भएका छन ।
घाईते दुबै जनालाई गएराती नै गुल्मी अस्पतालले लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी शंकर पोखरेलले जानकारी दिए । घाईते मध्ये केसी बोल्न सक्ने र घिमिरे बोल्न सक्ने अबस्थामा नभएको पोखरेलको भनाई छ ।
राती पौने दश बजे भएको दुर्घटना अस्थाई प्रहरी पोष्ट अर्घातोषका प्रहरी नायव निरीक्षक सुर्यप्रसाद पन्थीको कमाण्डमा घटनास्थलमा पुगेको टोलीले उद्धार गरेको थियो ।