दाङमा चक्कु प्रहारबाट घाइते युवकको उपचारको क्रममा मृत्यु



नागरिक अपडेट


दाङ। दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको तुलसीपुरमा मङ्गलवार राती चक्कु प्रहारबाट घाइते भएका तुलसीपुर–४ का २४ वर्षीय गोरखलाल खड्काको भारतको लखनउमा उपचारकै क्रममा गए राति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् ।

Advertisement

प्रहरीका अनुसार घर नजिकै बसिरहेको अवस्थामा सामान्य विवादका कारण मङ्गलवार राती युवाहरूको समूहले खड्कामाथि चक्कु प्रहार गरेको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि नेपालगन्ज हुँदै थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको थियो ।

Advertisement

चक्कु प्रहार गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २२ वर्षका विकास पुनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले बताए । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया