पाल्पामा करेन्ट लागेर अर्घाखाँचीका एक युवकको ज्यान गयो



नागरिक अपडेट


पाल्पा । पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची सन्धीखर्क नगरपालिका –७, बस्ने ३१ वर्षीय बाबुराम घर्ती रहेको प्रहरीले जनाएको छ ।

Advertisement

रैनादेवी छहरा –२, सर्देवामा विद्युतको पोलमा तार तान्ने क्रममा करेन्ट लागेर अर्घाखाँचीस्थित दुर्गे कन्स्ट्रक्सनमा कार्यरत घर्तीको मृत्यु भएको हो ।

Advertisement

बिहीबार बिहान सर्देवामा फलामको पोलमा चढेर तार तान्ने क्रममा करेन्ट लाग्दा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया