बालुवाटारतर्फ अघि बढ्यो राजावादीको र्‍याली,त्रिचन्द्र अगाडि धकेला धकेल



नागरिक अपडेट


काठमाडौँ । व्यवस्था उल्टाउने उद्देश्यसहित बिहीबारदेखि आन्दोलन सुरु गरेका राजावादीहरूले शनिबार राजधानी काठमाडौँमा प्रदर्शन गरेका छन् । आज नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

Advertisement

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि राजावादी समूह ‘संयुक्त जनआन्दोलन समिति’ले पूर्वनिर्धारित प्रदर्शनस्थल परिवर्तन गरेर शान्तिवाटिका (रत्नपार्क) मा प्रदर्शन गरेको हो ।

Advertisement

राजावादीको आन्दोलन शान्तिवाटिकाबाट बालुवाटारतर्फ र्‍यालीसहित अगाडि बढेको छ। सो क्रममा त्रिचन्द्र अगाडी केहीबेर धकेलाधकेलसमेत भएको थियो । यस क्रममा घुसपैठ गरेको आरोपमा १ जना पक्राउ समेत परेका छन्।

Advertisement

तस्बिरहरू…

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया