गुल्मीदरबारमा उत्कृष्ट नतिजा ल्याउने थाक्सीपोखरा र जि.पि.ए. मा सूर्योदय



नागरिक संवाददाता


गंगु कुँवर मगर,गुल्मी। यस वर्षको नियमित तर्फको एस.इ.इ.परीक्षामा थाक्सीपोखरा माध्यमिक विद्यालय गुल्मीदरबार-१ बलिथुमले शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराएपछि गुल्मीदरबार गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउने विद्यालय बनेको छ । विद्यालयबाट १३ जना विद्यार्थी परीक्षामा सम्मिलत भएकोमा १३ जना विद्यार्थी नै उत्तीर्ण भएका छन् ।

Advertisement

गाउँपालिकाबाट सामुदयिक तर्फ ११ र संस्थागत तर्फ १ गरी १२ माध्यमिक विद्यालय मध्ये शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल एउटा मात्र माध्यमिक विद्यालय थाक्सीपोखराले आफ्‌नो इतिहास नै रचेको देखिन्छ । यसै गरि जि.पि.ए. तर्फ सूर्योदय माध्यमिक विद्यालय गुल्मीदरबार-२ जुभुङ्ग उत्कृष्ट बनेको छ । विद्यालयबाट परीक्षमा सहभागी आयुष गौतमले ३.९७ र निश्चल गौतमले ३.९३ जि.पि.ए. सहित उत्तीर्ण भए पछि सूर्योदय मा.वि.का दुवै विद्यार्थी नै पालिका प्रथम र द्वितीय भएका छन्। आयुष ३.९७ जि.पि.ए. ल्याउने जिल्ला द्वितीय भएको प्रधानाध्यापक शन्तोष गौतमले जानकारी दिनुभयो।

Advertisement

विद्यालयबाट परीक्षामा २५ जना सहभागी विद्यार्थी मध्ये १८ जना विद्यार्थी उत्तीर्ण भएका थिए। यस्तै गरि पदमबहादुर माध्यमिक विद्यालय गुल्मीदरबार-१ बलिथुमबाट परीक्षामा सहभागी १२ जना मध्ये ५ जना, यस्तै गरि बलिथुम नरहरि कंडेल माध्यमिक विद्यालय गुल्मीदरबार-१ बलिथुमबाट परीक्षामा सहभागी १३ जना मध्ये ७ जना काब्रेपोखरी माध्यमिक विद्यालय गुल्मीदरबार-२ जुभुङ्गबाट परीक्षामा सहभागी १० जना मध्ये ७जना, म्यालपोखरी माध्यमिक विद्यालय गुल्मीदरबार-३ गौंडाकोटबाट परीक्षामा सहभागी १९जना मध्ये १४ जना, राजारून्खा माध्यमिक विद्यालय गुल्मीदरबार-३ गौडकोटबाट परीक्षामा सहभागी १३ जना मध्ये १० जना, रून्खादह माध्यमिक विद्यालय गुल्मीदरबार-४ वीरवासबाट परीक्षामा सहभागी ४८ जना मध्ये ३८ जना, शारदा माध्यमिक विद्यालय गुल्मीदरबार-५ अमरअर्वाथोकबाट परीक्षामा सहभागी १२ जना मध्ये १० जना, ईश्वरी माध्यमिक विद्यालय गुल्मीदरवार-६ दरबारदेविस्थानबाट परीक्षामा सहभागी ३४जना मध्ये २९ जना र ठुलापोख माध्यमिक विद्यालय गुल्मीदरबार-७ दरबारदेविस्थानबाट परीक्षामा सहभागी ५२ जना मध्ये ४२ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापकहरूले जानकारी दिनुभएको छ ।

Advertisement

यसै गरी संस्थागत तर्फ ग्रिन बर्ड इङलिस बोर्डिङ्ग स्कूल गुल्मीदरबार-४ वीरबासमा परीक्षामा सहभागी १७ जना विद्यार्थी मध्ये १५ जना विद्यार्थी उत्तीर्ण भएको प्रधानाध्यापक शन्तोष शर्माले जानकारी दिनुभयो । परीक्षामा सामुदायिक तर्फ २५१ र संस्थागत तर्फ १७ गरी २६८विद्यार्थी सहभागी भएकोमा २०९ विद्यार्थी उत्तीर्ण भएको शिक्षा शाखा रोमनाथ कंडेलले जानकारी दिनुभयो । समग्रमा गुल्मीदरबारमा ७७.९८प्रतिशत विद्यार्थी उत्तीर्ण भएको पनि उहाँले जानकारी दिनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया