भुवन भुसाल,गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा एकैदिन ३ कार्यक्रम सम्पन्न भएका छन । गाउँपालिकाका स्मार्ट आमा सम्मान, पोषणमैत्री स्वास्थ्य सस्थायुक्त गाउँपालिका सुनिस्चितता तथा दिगोपना घोषणा र महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको सम्मानजनक बिदाई र निबृत्तिभरण वितरण कार्यक्रम सम्पन्न भएका छन ।
गर्भमा बच्चा बसेदेखी २ बच्चा २ वर्षको हुँदासम्म विभिन्न सुचक पूरा गरेका आमाहरुलाई आज भव्य समारोहका बिच सम्मान गरिएको हो । प्रत्येक वडाबाट ३ जना स्मार्ट आमाहरु छनोट गरेर १८ जना उत्कृष्ट आमाहरूलाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले बताउनुभयो ।
आज नै छत्रकोट गाउँपालिका वडा नं ३ लाई सेवा क्षेत्र बनाएर बिगत २७ वर्ष देखि सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा काम गर्नुभएकी लक्ष्मी कुमारी पन्थलाई सम्मान सहित बिदाई गरिएको छ । उहाँलाई नगद ३० हजार सहित मायाँको चिनो र प्रशंसा पत्रले सम्मान गर्दै बिदाई गरिएको छ । साथै निबृत्तीभरणको लागि समेत व्यवस्था गरिएको छ ।
त्यस्तै सोही समारोहका बीच पोषणमैत्री स्वास्थ्य सस्थायुक्त गाउँपालिका सुनिस्चितता तथा दिगोपना घोषणा समेत गरिएको छ । सबै वडामा रहेका स्वास्थ्य सस्था प्रमुख र स्वास्थ्यकर्मीलाई प्रमाणपत्र बितरण समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले भोलिको बलियो छत्रकोटका लागि आजका आमा र बालबालिका बलियो हुनुपर्ने भएकाले यो कार्यक्रम दिर्घकालिन महत्वको भएको बताउनुभयो । कार्यक्रमको सुरुमा स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले कार्यक्रमका बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरी, सामाजिक बिकास समिती संयोजक गुणाखर ज्ञवाली, श्रृंगा प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर नारायण न्यौपाने,नेकपा एमाले छत्रकोटका सचिव यज्ञ पाण्डे, नेकपा माओवादी छत्रकोटका रामचन्द्र कंडेल, स्मार्ट आमाहरुको तर्फबाट शान्ता पुन लगायतले बोल्दै छत्रकोटले आयोजना गरेको स्वास्थ्य संम्बन्धी कार्यक्रम ज्यादै महत्वपुर्ण भएको भन्दै प्रशंसा गर्नुभएको थियो । स्वास्थ्य शाखाकी मुना रानाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सपना टण्डनले गर्नुभएको थियो ।