काठमाडौं । चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट गोरखाको सिरानचोक गाउँपालिकाका ६४ वर्षीय वृद्धको उद्धार गरिएको छ ।इलाका प्रहरी मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धको उद्धार गरेको प्रहरी निरीक्षक प्रतीक सिंहले अनलाइनखबरलाई जानकारी दिए ।
हाल काठमाडौं बस्ने ती वृद्ध पुलबाट हाम्फाल्न खोजेको अवस्थामा स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए । ती वृद्धको आफन्तसँग सम्पर्क भइसकेको सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।