खडेरीको सामना गरिरहेका किसानसँग भलाकुसारी गर्दै प्रधानमन्त्री



नागरिक अपडेट


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाने भएका छन् । खडेरीको सामना गरिरहेका महोत्तरी र बाराका किसानसँग भलाकुसारी गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

Advertisement

ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ। आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ।

Advertisement

आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।’ प्रधानमन्त्री ओलीले सो क्रममा महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम छ। त्यस्तै, मटिहानी वडा नं ६ मा निर्माण सम्पन्न भएको प्रसूति गृहको उद्घाटनपछि उनले त्यहाँ आयोजना गरिने सभालाई समेत सम्बोधन गर्नेछन्।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया