एनपीएलको अक्सन साउन २४ गते,४ सय ५८ खेलाडीले गराए नाम दर्ता



नागरिक अपडेट


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी ट्वान्टी क्रिकेटको अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी दर्ता प्रक्रिया सकाएसँगै अक्सनको मिति तय गरेको हो ।

Advertisement

क्यानले जुलाई १२ देखि २२ सम्म खेलाडी दर्ताका लागि मिति तोकेको थियो । जसमा सबै क्याटेगोरीमा गरेर ४५८ जना खेलाडीले नाम दर्ता गराएका छन् । क्यानले दर्ता भएका सम्पूर्ण खेलाडीहरूको विवरण एनपीएलमा सहभागी ८ फ्रेञ्चाईज टोलीहरूलाई उपलब्ध गराई सकेको छ ।

Advertisement

अब नेपाल क्रिकेट सङ्घको प्राविधिक समितिले तयार गरेको मापदण्ड र फ्रेञ्चाईज टोलीहरूले इच्छ्याएका खेलाडीहरूको सूचीबाट अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया