बीपी राजमार्गको अहिलेको अवस्था तस्बिरमा हेर्नुहोस्



नागरिक अपडेट


काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त बीपी राजमार्गको आपत्कालीन पुनर्स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

Advertisement


मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकले यो निर्णय गरेको हो । एक वर्षअघि बाढीले भत्काएको बीपी राजमार्ग बनाउन जापानसँग सरकारले अनुदान सहायता लिने भएको हो ।

Advertisement


२०८१ असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढाइसकिएको छ। भकुण्डेबेंसीदेखि नेपालथोकसम्म बाढीले क्षति गरेको ३०.५ किमीमा दुई लेन सडक निर्माण गर्न लागिएको हो ।

Advertisement


अहिले काभ्रेतर्फ दुई र सिन्धुलीतर्फ एकसहित तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ ।
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया