अविरल वर्षाका कारण बुटवल–पाल्पा सडक फेरि अवरुद्ध



नागरिक अपडेट


बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक अन्तर्गत तिनाउ–३ सिद्धबाबा नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अविरल वर्षाका कारण माथिबाट ढुङ्गासहितको पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको हो ।

Advertisement

निरन्तरको वर्षाका कारण यस क्षेत्रमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ । वर्षाको समयमा पहिरो खस्नुका साथै ढुङ्गाहरू सडकमा खस्ने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन आग्रह गरिएको छ ।

Advertisement

यस अघि हिजो दिउँसोदेखि अवरुद्ध भएको सडक साँझ ७ बजेतिर खुलेको थियो । सडक अवरुद्ध भएपछि अहिले बुटवलबाट गुल्मी, पाल्पा जाने र आउने सवारी सधान बिचबाटोमा रोकिएका छन् ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया