आज दुई संसदीय समितिको बैठक बस्दै,यस्ता छन् कार्यसूची



नागरिक अपडेट


काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्ने भएका हुन् ।

Advertisement

अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

Advertisement

त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ मा दफावार छलफल गर्ने कार्यसूची छ । बैठक दिउसो १ बजेको लागि बोलाइएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया