गुल्मी आउँदै गरेको जीप अर्घाखाँचीमा दुर्घटना हुँदा २ जनाको मृत्यु



नागरिक अपडेट


गुल्मी । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो ।

Advertisement

Advertisement

दुर्घटनामा गुल्मी घर भएकी वर्ष १० की अरुणा थापा र वर्ष १३ का नारायण पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्सपेक्टर झलक शर्माले जानकारी दिए ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई बुटवल रिफर गरिएको छ । अन्यको उपचार अर्खाखाँची जिल्ला अस्पताल सन्धिखर्कमै भइरहेको छ । जिप सडकबाट ५०-६० मिटर तल खसेको छ ।

अर्घाखाँचीमा जीप दुर्घटनामा दुईको मृत्यु, २४ जना घाइते,सबै गुल्मेली

पूरा विवरण 

गुल्मी । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–९ टारीस्थित सन्धिखर्क–ढोरपाटन सडकखण्डमा सोमबार बिहान जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

आज ३ः३० बजे गुल्मीको पुर्कोटदह जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जीप सडकदेखि करिब ५०-६० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जीपमा चालकसहित २६ जना सवार थिए ।

मृत्यु हुने
१. अरुणा थापा, १० वर्ष, गुल्मी मदाने–६ पुर्कोटदह
२. नारायण पौडेल, १३ वर्ष, गुल्मी मदाने–७ नेटाखर्क

गम्भीर घाइते (४ जना)
१. तारा सेन के.सी., ३२ वर्ष, गुल्मी मदाने–६ – ढाड र टाउकोमा चोट, बुटवल रिफर
२. गंगा थापा, ३३ वर्ष, पुर्कोटदह – शरीरका विभिन्न भागमा चोट, बुटवल रिफर
३. संजिता कुवँर, १३ वर्ष, पुर्कोटदह – गम्भीर अवस्था
४. उषा घर्ती मगर, २१ वर्ष, पुर्कोटदह – गम्भीर अवस्था

मध्यम घाइते (१३ जना)
१. चेतन कुँवर, ४२ वर्ष, पुर्कोटदह (चालक) – ढाड र शरीरमा चोट
२. उषा पुन मगर, २४ वर्ष, पुर्कोटदह – विभिन्न भागमा चोट
३. लक्ष्मी कुँवर, ३३ वर्ष, बुटवल उपमहानगर–१९, रुपन्देही – विभिन्न भागमा चोट
४. सृजना कुँवर, १८ वर्ष, पुर्कोटदह – विभिन्न भागमा चोट
५. सुरेश कुँवर, १६ वर्ष, पुर्कोटदह – विभिन्न भागमा चोट
६. जगन्नाथ पौडेल, २४ वर्ष, गुल्मी मदाने–७ नेटाखर्क – विभिन्न भागमा चोट
७. निशा जी.एम., १९ वर्ष, थापाचौर–६ डढुवा – विभिन्न भागमा चोट
८. सिता बि.सी., ३० वर्ष, पुर्कोटदह – विभिन्न भागमा चोट
९. सन्तोष कुँवर, २० वर्ष, पुर्कोटदह – विभिन्न भागमा चोट
१०. जेनिसा सेन, २२ वर्ष, पुर्कोटदह – विभिन्न भागमा चोट
11. वविता जी.सी., २२ वर्ष, पुर्कोटदह – विभिन्न भागमा चोट
12. अनिल कुँवर, ३१ वर्ष, पुर्कोटदह – विभिन्न भागमा चोट
13. सुशिला कुँवर, २८ वर्ष, पुर्कोटदह–६ नवारा – विभिन्न भागमा चोट

सामान्य घाइते (७ जना)
१. गौरव थापा, १३ वर्ष, थापाचौर – सामान्य चोट
२. आरीया के.सी., ७ वर्ष, पुर्कोटदह – सामान्य चोट
३. अरिस्मा के.सी., १४ वर्ष, पुर्कोटदह – सामान्य चोट
४. अप्रिस कुँवर, १० वर्ष, पुर्कोटदह – सामान्य चोट
५. मनिषा थापा, १९ वर्ष, पुर्कोटदह – सामान्य चोट
६. विनोद पराजुली, २३ वर्ष, नेटाखर्क – सामान्य चोट
७. आर्यन के.सी., ४ वर्ष, पुर्कोटदह – सामान्य चोट

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया