गुल्मीमा ट्याक्टरको ब्रेक फेल भएपछि हाम फाल्दा सहचालकको मृत्यु



नागरिक अपडेट


गुल्मी – गुल्मीमा ट्याक्टरको ब्रेक फेल भएपछि हाम फाल्दा सहचालकको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका-१ अग्लुङ्गमा अग्लुङ्गफेदीदेखि पैयाँपाटा जाँदै गरेको रा १ त ३५०२ नम्बरको ट्याक्टरको ब्रेक फेल हुँदा हाम फालेका सहचालक १९ वर्षीय मेघराज पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement

प्रहरीका अनुसार, गएराति १ बजे आसपासमा ट्याक्टरको ब्रेक फेल भएको हो । ब्रेक फेल भएपछि चालकले सहचालकलाई गाडीबाट बाटोमा झर्न भनेका थिए । सहचालक आत्तिएर हाम फाल्दा सडक छेउबाट उछिट्टिएर खोलामा खसेका थिए ।

Advertisement

Advertisement

चालक निमन चन्दले चलाएको ट्याक्टर बालुवा बोकेको थियो । उकालोमा लोड तान्न नसक्दा ब्रेक फेल भएपछि सहचालक हामी फालेका थिए । जसक्रममा उनी सडकबाट ५ सय मिटर तल खोलामा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर भने सडक छेउमै अडिएको थियो ।

चालकले ब्रेक फेल भन्नासाथ सहचालकले हाम फालेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए । प्रहरीले घटनास्थल सुरक्षित गरी थप अनुसन्धान गरिरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया