गुल्मी —गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास-छल्दी-सिमलटारी खण्डको इस्मा गाउँपालिका-१ झर्नामा घटना भएको हो ।
मृत्यु हुनेमा लु ५६ प ८४२६ नम्बरको पल्सर माेटरसाइकलको पछाडि बस्ने २६ वर्षीय सराेज बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
गएराति रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडा बस्ने २७ वर्षीय मोहन सिं बस्नेतले चलाएको माेटरसाइकलमा उनी पछाडि थिए । दुवै बाख्रेछेडा बस्दै आएको थिए । गम्भीर घाइते सराेजलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएकामा अस्पतालले उनलाई मृत घाेषणा गरेको थियो ।माेटरसाइकल चालक प्रहरीको नियन्त्रणमा छन् ।





