गुल्मी —गुल्मीमा ट्याक्टरबाट खसेर २४ वर्षीय युवकको मृत्यु भएको छ । मदाने गाउँपालिका–४ म्यालपोखरीमा बी.पी. चोकदेखि पुर्कोटदह जाने क्रममा लु ३ त ७७३८ नम्बरको ट्याक्टरबाट खस्दा सोही स्थानका २४ वर्षीय अनिल कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
चालक २२ वर्षीय सुशील कुँवरले मादक पदार्थ सेवन गरेका थिए । दुर्घटना गएराति साढे ९ बजे भएको थियो । घाइते अनिललाई उपचारका क्रममा गुल्मी अस्पताल ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
चालक प्रहरी नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





