जन्मदिनमा समाजसेवा : प्रधानाध्यापकको हातबाट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण



नागरिक अपडेट


केशव खड्का , जापान। सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालयका आदरणीय प्रधानाध्यापक दीनानाथ गिरीज्यूले आफ्नो जन्मदिनको पावन अवसरलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक तथा शैक्षिक उत्तरदायित्वसँग जोड्दै एक प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको छ।

Advertisement

जन्मदिनको विशेष अवसर पारेर उहाँले विद्यालयका बाल विकास कक्षामा अध्ययनरत साना नानीबाबुहरूलाई आफ्नै शुभहस्तबाट कापी, पेन्सिल लगायत विविध शैक्षिक सामग्री वितरण गर्नुभयो। साना नानीहरूको मुहारमा देखिएको मुस्कान, खुसी र उत्साहले कार्यक्रमलाई अझै भावुक र अर्थपूर्ण बनायो। सानो सहयोगले पनि ठुलो प्रेरणा दिन सक्छ भन्ने सन्देश उहाँको यस कदमले स्पष्ट पारेको छ।

Advertisement

Advertisement

त्यति मात्र होइन, आफ्नो जन्मदिनलाई अझै उदाहरणीय बनाउँदै उहाँले आफैँले स्थापना गर्नुभएको विद्यालयको अक्षय कोषमा उल्लेखनीय वृद्धि गर्नुभएको छ। यसअघि रु. ५०,००० रहेको अक्षय कोष रकमलाई वृद्धि गरी रु. ७५,००० पुर्‍याउनुभएको छ भने भविष्यमा आवश्यकता अनुसार थप वृद्धि गर्ने घोषणा समेत गर्नुभएको छ। उहाँको यो उदार र दूरदर्शी निर्णयले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, छात्र–छात्रालाई आवश्यक सहयोग तथा आगामी कार्यक्रम सञ्चालनमा दीर्घकालीन टेवा पुग्ने विश्वास गरिएको छ।

शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुँदैन, व्यवहार र प्रेरणाबाट पनि सिकाइ हुन्छ भन्ने सन्देश प्रधानाध्यापक गिरीज्यूले आफ्नो कर्ममार्फत दिनुभएको छ। उहाँको यस्तो सकारात्मक सोच, नेतृत्व क्षमता र शिक्षाप्रतिको समर्पण सम्पूर्ण विद्यालय परिवारका लागि गौरवको विषय बनेको छ।

उहाँको जन्मदिनले दीर्घायु, सुस्वास्थ्य र निरन्तर सफलताको कामना गर्दै, शिक्षाको क्षेत्रमा अझ धेरै योगदान पुर्‍याउने ऊर्जा र प्रेरणा मिलिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया