अब जन्म र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने



नागरिक अपडेट


काठमाण्डाै – सरकारले राष्ट्रिय पञ्जीकरणका सूचना पनि नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया शुरू गरेको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिनुभयो ।

Advertisement

उहाँकाअनुसार केही समयमै तथ्याङ्क एकीकरण सकेर जन्म दर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र नागरिक एपमा उपलब्ध हुनेछन् । पछिल्लो समय सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिक सेवाहरूलाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिइरहेको छ ।

Advertisement

जसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्शन सर्टिफिकेट’ नागरिक एपमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

Advertisement

नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र डाउनलोड गर्न सकिने सुविधा भने सञ्चालनमा आइसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार नागरिक एपमा थप सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने र ४५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया