विषालु मदिरा सेवन गर्दा ४९ जनाको मृत्यु



पत्रपत्रिकाबाट


नयाँ दिल्ली : भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन्।

Advertisement

तमिलनाडुको राजधानी चेन्नाईबाट दुई सय ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ । मङ्गलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ।

Advertisement

भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले मदिरा त्रासदीमा पक्राउ परेका चारै जनालाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाइएको जनाएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया