चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु



नागरिक अपडेट


धनगढी । कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।

Advertisement

जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया