एक महिनामा बाढी, पहिरोमा परी ८८ जनाको मृत्यु



नागरिक अपडेट


काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन,२८ जेठदेखि आज (२७ असार) सम्म प्राकृतिक विपद्‌बाट ८८ जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‌मा परेर १०६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको हो ।

Advertisement

आज, बिहीबार दिउँसोसम्म विपद्‌मा परी कोशी प्रदेशमा १९ जना, मधेशमा ४, बागमतीमा ६, गण्डकीमा २५, लुम्बिनीमा २३, कर्णालीमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ गरी ८८ जनाको मृत्यु भएको छ ।

Advertisement

बाढी, पहिरोमा परी ६ जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्‌मा परेका ५३ जनाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

बाढीका कारण १७६ घर डुबानमा परेका छन् । १६१ वटा घर, ६८ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुइटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

विपद्का घटनाबाट ३ हजार ४६२ घरपरिवार विस्थापित भएका छन् । यो अवधिमा ४७९ पशु चौपायाको मृत्यु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया