काठमाडौं- नेपालमा जहाज र बस दुर्घटना भयावह बन्दै गएको छ । त्रिशूलीमा दुईवटा बस खसेर ४० भन्दा बढी यात्रु बेपत्ता भएको घटना नसेलाउँदै बुधबार विमान दुर्घटनाको अर्को नियति दोहोरिएको छ, त्यो पनि त्रिभुवन विमानस्थलको डिलमै ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा मर्मतका लागि पोखरातर्फ उडेको जहाज त्रिभुवन विमानस्थलको डिलमै भयावह दुर्घटनामा पर्यो । जसबाट १८ जना यात्रुले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश सौर्य एयरलाइन्सकै कर्मचारी छन् ।
विमान दुर्घटनामा परेका पाइलट मनिषरत्न शाक्यको मात्रै उद्धार भएको छ ।
हेर्नुहोस् तस्बिरहरु…

काठमाडौँ, ९ साउनः
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटनाग्रस्त सौर्य एयरको विमानको अवशेष । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौँ, ९ साउनः
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटनाग्रस्त सौर्य एयरको विमानमा जडित उपकरण सुरक्षितस्थलतर्फ लगिँदै तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौँ, ९ साउनः
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटना भएको सौर्य एयरको विमान । चालक दलका सदस्यसहित सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो । तस्बिरः किरणराज विष्ट÷रासस
