राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा सिन्दुर टीका लगाउन पाइने



नागरिक अपडेट


काठमाडौं । राष्ट्रिय परिपत्रपत्रका लागि फोटो खिच्दा सिन्दुर, टीका र जातीय पहिचान झल्कने पहिरन लगाउन पाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना निकालेर स्पष्टीकरण दिएको छ । उसका अनुसार राष्ट्रिय परिचयपत्रका लागि मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्नेछ ।

Advertisement

‘फोटो खिच्दा सिन्दुर टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक संस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा पर्ने छैन’ पञ्जीकरण विभागको सूचनामा भनिएको छ । विभाग स्रोतका अनुसार राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा टीका पुछ्न लगाउने, कपालमा कालो दल्न लगाउने, ढाकाटोपी लगाउन नदिएको गरेको भनेर गुनासो आएको थियो ।

Advertisement

राष्ट्रिय परिचयपत्र कार्यक्रम सञ्चालन कार्यविधि–२०७७ मा फोटो खिच्दा टोपी, ह्याट, क्याप, स्कार्फ मास्क र चस्मा जस्ता कुरा लगाउन नहुने उल्लेख छ । महिलाको हकमा नाक र कानमा सामान्य खालका गहनाबाहेक मुखाकृतिलाई असर गर्ने कुनै पनि प्रकारको गहना लगाउन हुँदैन भनिएको छ ।
यसको आशय राष्ट्रिय परिचयपत्र बाहकको मुखाकृति प्रष्टसँग स्क्यान होस् भन्ने हो । तर कार्यान्वयनका क्रममा कतिपय ठाउँमा फोटो खिच्न बस्ने कर्मचारीले टीका हटाउन लगाउने गरेका थिए । केही ठाउँमा त कर्मचारीले नै कपाल कालो लगाएर मात्र फोटो खिच्ने गरेको गुनासो आएको थियो ।

Advertisement

यसबारे निरन्तर प्रश्न उठेपछि सूचना निकालेर सिन्दुर टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक संस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन मिल्छ भन्नु परेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एक अधिकारीले बताए ।

हेर्नुहोस् पञ्जीकरण विभागको परिपत्र

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया