पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु



नागरिक अपडेट


झापा : झापाको हल्दिबारीमा पिकअप भ्यान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। हल्दिबारी गाउँपालिका-५ सोडागान्धी चोकस्थित हुलाकी राजमार्गमा बिहीबार साँझ ७:१५ बजे राजगढबाट जलथलतर्फ जाँदै गरेको गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलवाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

Advertisement

मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार गरी दुवै जनाको मृत्यु भएको र मृतकहरूको पहिचान भने नखुलेको उनले बताए। अन्दाजी २५ देखि ३० वर्षका दुवै घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषित गरेको उनको भनाइ छ।

Advertisement

पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका २ बस्ने ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया