खोलाले बगाउँदा ६ वर्षीय बालकको मृत्यु



नागरिक अपडेट


नुवाकोट : नुवाकोटको पिप्लेका विद्यार्थीको स्थानीय खोलाले बगाएर ज्यान गएको छ। बेलकोटगढी नगरपालिका–६ पिप्लेका ६ वर्षीय विक्रम लामिछानेलाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

Advertisement

आफ्नी आमासँगै सोही स्थानमा रहेको चिचिण्डे खोला तरेर खेतमा जाने क्रममा आमाको हातबाट फुत्किएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। उनका अनुसार बालक धादिङ धुनीवेशी नगरपालिका- ७ खानीखोलाको एलकेजीमा अध्ययनरत थिए।

Advertisement

डिएसपि भारतीका अनुसार बालकलाई आमा बीना भण्डारी (लामिछाने)ले हात समातेर सँगै खोला तर्ने क्रममा चिप्लिँदा खोलाले बगाएर दुई सय मिटर तल पुर्‍याएपछि उद्धार गरिएको थियो।

Advertisement

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया