सर्लाहीमा पत्नी र बुवालाई गोली हान्ने युवक भारत भागेको आशंका



नागरिक अपडेट


काठमाडौँ । सर्लाहीको हरिपूर्व गाउँपालिका वडा नम्बर–५ मा आफ्नी पत्नी र बुवालाई गोली हानेर भागेका युवक पक्राउ परेका छैनन् । गएराति साढे १ बजेतिर २७ वर्षीय धिरेन्द्र यादवले गोली हानेर पत्नी चित्रलेखा यादवको हत्या गरेका हुन् । उनले प्रहार गरेको गोली लागेर बुवा ५४ वर्षीय रामदिनेश राय यादव घाइते भएका छन् ।

Advertisement

उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार हुँदै छ । गोली प्रहारमा संलग्न युवक भारततर्फ भागेको आकलन गरिएको छ । सर्लाहीका एसपी रविन्द्र सिंहले आरोपीको खोजी भइरहेको बताए । उनले भने, ‘भारतीय प्रहरीसँग पनि समन्वय गरेर हत्यामा संलग्नलाई खोज्दै छौँ ।’

वैदेशिक रोजगारीबाट एक महिनाअघि फर्केका धिरेन्द्र दुईदिन घरमा बसेपछि परिवारसँग झगडा गरेर हिँडेका थिए । योजनाबद्ध रूपमा गएराति आएर पत्नी र बुवालाई गोली हानेर उनी भागेका हुन् । एसपी सिंह भन्छन्, ‘योजनाबद्ध गोली प्रहार गरेको देखिन्छ ।’ पारिवारिक कलहका कारण हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया