काठमाडौं । काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएको अवस्थामा लु.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।
बसको नम्बर खुलेको छैन । घटनास्थलमा प्रहरी वृत थानकोटका डीएसपी सुर्यप्रसाद सुवेदी नेतृत्वको टिम खटिएका छन् । सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरि नगरपालिकाले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ । आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका सडक पूर्ण रूपमा अवरोध भएको हो ।
तस्बिरहरु…