गुल्मीको रेसुङ्गामा ‘गौ महोत्सव’ हुने,महोत्सवको तयारी तीव्र



नागरिक अपडेट


गुल्मी। गुल्मीको रेसुङ्गामा ‘गौ महोत्सव’ तथा श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालनको तयारी भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा कात्तिक ८ देखि १६ गते गाई तिहारका दिनसम्म ‘गौ महोत्सव’ तथा श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो ।

Advertisement

एक हजार एक सय ११ सदस्यीय मूल आयोजक समिति र १३ वटा उपसमितिहरू गठन गरी तयारीलाई तीव्र पारिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।

Advertisement

उनले महोत्सवमा सङ्कलित हुने रकमबाट गाईहरूको दीर्घकालीन संरक्षण र सम्वद्र्धनका लागि अक्षय कोष स्थापना गर्ने बताए । उनले रेसुङ्गामा पर्यटक वृद्धि हुने पनि विश्वास रहेको बताए । २०४२ सालदेखि व्यवस्थित रूपमा रेसुङ्गा गोशाला चौतारामा स्थानीय जातका गाईहरू संरक्षण गरिँदै आएको छ ।

Advertisement

२०४२ साल देखि व्यवस्थित रुपमा रेसुंगा गोशाला चौतारामा स्थानीय जातका गाईहरु संरक्षण गरिदैं आएको छ । गाईहरुको संरक्षणका लागि रेसुंगा संरक्षण समितिले विगत पाँच वर्ष देखि मुष्ठिदान अभियान समेत सञ्चालन गर्दै आएको छ । संरक्षण समितिले गाईहरुको व्यवस्थापनका लागि भौतिक संरचना निर्माण तथा पोखरी निर्माण समेत गरेको छ ।

त्यहाँ अहिले १५० भन्दा बढी स्थानीय जातका गाईहरु संरक्षित रहेका छन् । गाईको दुध, गहुँत, गोबर समेत हिन्दु परम्परा अनुसार पवित्र मानिन्छ । यस पटक सञ्चालन गरिएको महोत्सवमा संकलित हुने रकमबाट गाईहरुको दिर्घकालिन संरक्षण र सम्वद्र्धनका लागि अक्षयकोष स्थापना गर्ने प्रमुख उद्देश्य समेत राखिएको सहसचिव यज्ञ प्रसाद शर्मा पन्थीले बताउनुभयो ।

पछिल्लो समय गाउँमा गाईहरू पाल्ने प्रचलन घट्दै गएपछि रेसुङ्गामा रहेको गौशाला व्यवस्थित रूपमा गाईहरू पालिँदै आएको सहसचिव यज्ञ प्रसाद शर्मा पन्थीले बताए ।गाईहरूको संरक्षणका लागि रेसुङ्गा संरक्षण समितिले विगत पाँच वर्षदेखि मुष्ठिदान अभियान समेत सञ्चालन गर्दै आएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया