किरिया खर्च मिलाउन सहयोग गर्छु भन्दै घुस लिने नासु पक्राउ।



नागरिक अपडेट


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन, कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोक कुमार यादवलाई पक्राउ गरेको छ ।

Advertisement

सवारी ज्यान कसुर मुद्दामा मृतकका पीडित पक्षले पाउने किरिया खर्च तथा क्षतिपूर्तीको रकम उपलब्ध गराउन सहजीकरण गर्ने भन्दै २० हजार घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।

Advertisement

अनुसन्धानका क्रममा जिप्रका, महोत्तरीकै मुद्दा फाँटमा कार्यरत अर्का नासु दिनेश प्रसाद साहको पनि मिलेमतो देखिएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दुवैविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया