प्यूठानको झिमरुकमा अविवाहित र एकल महिलाले पनि भत्ता पाउने



नागरिक संवाददाता


प्युठान। जिल्लाको झिमरुक गाउँपालिकाका अविवाहित र एकल महिलाले पनि भत्ता पाउने भएका छन् । गाउँपालिका भित्रका ४५ वर्षको उमेरसम्म पनि विवाह नगरी बसेका तथा १२ वर्षदेखि श्रीमान बेपत्ता भई बसेका,लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रुपले एक्लो जीवन व्यतित गरिरहेका एकल महिलाहरुका लागि भत्ता दिने निर्णय गरिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।

Advertisement

उनीहरलाई चालू आर्थिक बर्षको माघदेखी मासिक एक हजार रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । अविवाहित एकल महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ । पालिकाबाट भत्ता पाउने एकल महिला सरकारी सेवा सुविधा तथा अरु कुनै सामाजिक सुरक्षा भत्ता नलिएकाको लागि गाउँपालिकाले मासिक भत्ताको व्यवस्था गरेको हो ।

Advertisement

पालिकाले अबिबाहित एकल महिलाको वैकल्पिक व्यवस्था नभएसम्मका लागि भत्ता दिने र उहाँहरुलाई सीपमूलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति पालिकाले लिएको छ ।

Advertisement

गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले अविवाहित, एकल, सम्बन्ध बिच्छेद र लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रुपले एक्लो जीवन व्यतित गरिरहेका एकल महिलाहरुको अभिभावक्त्व ग्रहण गर्ने उद्देश्यले पालिकाले सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिएको बताउनुभयो।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया