नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिकाको अध्यक्षमा रामबहादुर पुन सर्वसम्मत



नागरिक संवाददाता


गंगु कुँवर मगर,गुल्मी। नेपाल मगर संघ गुल्मीदरबार गाउँपालिका गुल्मीको दोस्रो अधिवेशनले सर्व सम्मत रूपमा रामबहादुर पुनलाई अध्यक्षमा चयन गरेको छ । गुल्मीदरबार गाउँपालिका वडा नं.-३को गौंडाकोटमा हिजो भएको भेलाले पुनलाई अध्यक्षमा सर्व सम्मत चयन गरेको हो ।

Advertisement

Advertisement

त्यस्तै समितिको उपाध्यक्षमा खिमबहादुर रजाली , महिला उपाध्यक्ष कुशुम पुंवारे, सचिवमा मन विक्रम पुंवारे,सह-सचिवमा कुलबहादुर सराङकोटी र कोषाध्यक्षमा सीता सर्तुङ्गीलाई चयन गरेको छ भने १ सदस्यीय पछि मनोनीत गर्ने गरी नयाँ कार्यसमितिको सदस्यहरूमा नर बहादुर माच्कोटी, लुमानसिहं ढेंगा, रमन सोमरे,टोप बहादुर बुचा,अशुम सराङ‌कोटी, टोपबहादुर गाहा, कोपिला सुनानी र नम्रता फुङ्गजेली रहनु भएको छ ।

Advertisement

नेपाल मगर संघ केन्द्रीय उप-महा सचिव हिरासिंह सराङकोटीको प्रमुख आतिथ्यता, गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेंगाको विशिष्ट आतिथ्यता , नेपाल मगर संघ जिल्ला सदस्य सूर्य बहादुर कुँवर, कार्यपालिका सदस्य कुशुम राई पुंवारेको विशेष आतिथ्यता र पूर्व जिल्ला सदस्य, सल्लाहकार समिति सदस्य, नेपाल मगर संघ वडा कार्य समिति पदाधिकारीको आतिथ्यता रहेको अधिवेशन अध्यक्ष शेरबहादुर सर्तुङ्गीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साथै हिजो नै सम्पन्न कार्यसमितिको बैठकले सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा सदस्यहरू तारा थापा ढेंगा, देव बहादुर रजाली, शेरबहादुर सर्तुङ्गी, होमबहादुर रजाली, खुमबहादुर पल्ली, हिरासिंह सर्तुङ्गी र ललित सराङ्गकोटी रहनुभएको छ । त्यस्तै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज गुल्मीका सचिव गंगु कुँवर मगरलाई प्रेस सल्लाहकारमा चयन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकले निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गर्दै फाल्गुण २ गते प्रथम शहिद क्या. लखन थापा मगरको १४८औं “लखन स्मृति दिवस” मनाउनको लागि सम्पूर्ण वडा समितिलाई निर्देशन गर्ने र फाल्गुण १५ गते वडा नं-३, गौंडाकोटमा मनाउन गइरहेको ४३औं “मगर एकता दिवस” भव्य रूपमा सम्पन्न गर्नको लागि वडा नं.-३को कार्यसमितिसँग सहकार्य गर्ने निर्णय समेत पारित गरेको छ ।

मगर संघले २०७५ साल मंसिर महिनामा भएको पहिलो अधिवेशनबाट शेरबहादुर सर्तुङ्गीलाई अध्यक्षमा चयन गरि विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया