फोनिज गुल्मीको पाँचौ जिल्ला अधिवेशन आज हुँदै



नागरिक संवाददाता


गंगु कुँवर मगर,गुल्मी। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (FONIJ) गुल्मीको पाँचौ जिल्ला अधिवेशन आज हुँदैछ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालयमा बिहान ११ बजेदेखि अधिवेशन शुरु हुने अध्यक्ष लोकप्रसाद छ्न्त्यालले जानकारी दिनुभयो ।

Advertisement

अधिवेशनका लागि नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध सम्पूर्ण पदाधिकारी ज्यूहरू, भातृ संगठनका पदाधिकारी ज्यूहरू,संचार क्षेत्रमा आबद्ध पत्रकार मित्रहरू , शुभेच्छुक संघ संस्था लगायत सम्पूर्णलाई उपस्थितिका आग्रह गरिएको पनि उहाँले बताउनुभयो ।

Advertisement

सर्व सम्मत रूपमा पदाधिकारी चयन गरि अधिवेशन सम्पन्न गर्ने र फोनिज लाई सक्रिय रूपमा अगाडि बढाउन आफू लागि पर्ने पनि अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । अधिवेशन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (FONIJ) लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश थापाको विशेष उपस्थितमा सम्पन्न हुँदैछ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया