प्रदेशी गायिका रञ्जिता कुँवरको “खोलिको पानी जिन्दगी” बोलको गीत सार्वजनिक 



नागरिक संवाददाता


बिनोद बिष्ट,युएई । गायिका रन्जिता कुवरको खोलिको पानी जिन्दगी गीतको बोल बजारमा सार्बजनिक भएको छ। बजारमा यतिबेला बिभिन्न खाले गीत सार्वजनिक भैइरहेका छन ।यसै बिचमा खोलिको पानी जिन्दगी नयाँ गीत बजारमा सार्बजनिक गरेको गायिका बताउछिन ।

Advertisement

पहिला बजारमा आएका गितले जस्तै याे गितले पनि धेरै माया पाउने बिश्वास रहेकाे रन्जिता बताउछिन ।परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गायिकाले दर्शक श्राेताले मन पराउने भएकाले सेन्टिमेन्टल गित निकाल्न सफल भएको गायिका रन्जिताले बताईन।

Advertisement

गोबिन्द पौडेल र रन्जिता कुवरको आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने सेन्टिमेन्टल गित बजारमा आएको छ। गितकाे शब्द लक्ष्मण न्यौपाने र संगीत विशाल बि.सि ले भर्नु भएको छ। भने मोडलमा भरत कुवर र स्मृति बेलबासेलाई देख्न सकिन्छ।

Advertisement

गितकाे निर्देशन रोहिनिक रोनले गरेका छन्। गितकाे म्युजिक भिडियो गोबिन्द पौडेल युटुब च्यानल बाट बजारमा सर्बजनिक भएको छ।

भिडियो-

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया