करेन्ट लागेर एक जनाको मृत्यु



नागरिक अपडेट


भद्रपुर (झापा)– जिल्लाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ । आज बिहान घरमा पानी तान्न विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

Advertisement

उनका अनुसार करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई आफन्तले बिर्तासिटी अस्पताल बिर्तामोड लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया