जिपको ठक्करबाट ५२ वर्षीया स्कुटर चालकको मृत्यु



रासस


चितवन । चितवनमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् ।

Advertisement

गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५च २६४४ नंको जिपले ना ४५ प १७९५ नंको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर चालक वाग्लेको मृत्यु भएको हो ।

Advertisement

घाइते वाग्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया