गुल्मीमा ११ वर्षीय बालकको खोलामा डुबेर ज्यान गयो



केशव गौतम


गुल्मी । गुल्मीमा खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–३ टेगा निवासी ११ वर्षीय लुक बहादुर गन्धर्वको छल्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार आज दिउँसो करिब १२ बजेर १५ मिनेटतिर लसाहस्थित छल्दी खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा उनी अचानक डुबेका थिए ।

Advertisement

घटनापछि स्थानीयले जानकारी गराएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । हाल घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया