सोलुखुम्बु । सोलुखुम्बुमा भाटा र लाठी प्रहार गरेर एक जनाको हत्या भएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ का ४० वर्षीय प्रेम कुमार कुलुङ राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानका २६ वर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको हो ।
जेठ १४ गते सामान्य वादविवादको क्रममा रघु कुलुङ राईले प्रेम कुमार कुलुङ राईलाई बाँसको भाटा र लाठीले शरीरको विभिन्न भागमा कुटपिट गर्दा घाइते भएका उनको महाकुलुङ आधारभूत अस्पताल बुङमामा उपचारको क्रममा जेठ १६ गते मृत्यु भएको थियो ।
घटनामा संलग्न रघु कुलुङ राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको छ ।