रातो मच्छिन्द्रनाथको भोटो देखाइयो (तस्बिरहरू)



नागरिक अपडेट


काठमाडौँ ।वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाइएको हो ।

Advertisement

भोटो अवलोकन गर्न राष्ट्रपतिसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, सरकारका मन्त्रीहरू, संवैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुखहरू जावलाखेल पुगेका थिए ।

Advertisement

भोटो जात्रा लिच्छवी कालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा सिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका छन् ।

Advertisement

तस्बिरहरू…

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया