विश्वकप लिग २ : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा हुदै



नागरिक अपडेट


काठमाडौँ । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबिच आज अन्तिम एकदिवसीय खेल हुँदैछ। खेल नेपाली समयअनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ।

Advertisement

यस शृङ्खलामा नेपालले तीन खेल खेलेको छ। स्कटल्यान्डविरुद्ध पहिलो खेलमा शानदार जित निकालेको नेपाल आइतबारको खेलमा भने कीर्तिमानी अवसर गुमाउँदै पराजित भएको थियो। नेदरल्याण्ड्सविरुद्ध पहिलो खेलमा भने नेपाल विजयी भएको थियो।

Advertisement

उता नेदरल्याण्ड्सले अहिलेसम्म दुई खेल खेलेको छ र दुबै खेलमा पराजित भएको छ । नेपाल र नेदरल्याण्ड्सबिच अहिलेसम्म ओडिआईमा ६ पटक प्रतिस्पर्धा भएको छ, जसमा दुवैले ३–३ खेल जितेका छन्।

Advertisement

अंकतालिकाको कुरा गर्दा, २२ खेलमा २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो स्थानमा रहेको छ भने नेपालले १५ खेलमा १० अंक जोड्दै सातौँ स्थानमा रहेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया