नारायणघाट- बुटवल सडकमा अवरोध : यी हुन् वैकल्पिक मार्ग



नागरिक अपडेट


काठमाडौं : बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पुर्‍याएर नारायणघाट- बुटवल सडकमा अवरोध भएपछि वैकल्पिक मार्ग प्रयोग गर्न नवलपुर प्रहरीले यात्रुलाई आग्रह गरेको छ।

Advertisement

विनयी खोलाको डाइभर्सनको क्षति तथा दुम्किवास-दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखेलालगायत स्थानका सडक चिप्लो भएका कारण गाडी फसेर आवागमनमा अवरोध भएपछि प्रहरीले सर्वसाधारणसँग यस्तो आग्रह गरेको हो।

Advertisement

बिहीबार बिहान विज्ञप्ति जारी गर्दै सकेसम्म यो सडक भएर यात्रा नगर्न र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ। प्रहरीका अनुसार पूर्ववाट पश्चिम जाने ठूला सवारीसाधन नारायणघाट-मुग्लिन-पोखरा-स्याङ्जा हुँदै बुटवल निस्कन सक्नेछन्।

Advertisement

यसैगरी पश्चिमबाट पूर्व जाने ठूला सवारीसाधन बुटवल-स्याङ्जा-पोखरा-मुग्लिन हुँदै गुड्न सक्नेछन्। साना सवारीसाधन भने बाटोको अवस्था बुझेर कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट, पिपलडाँडा सडक खण्डबाट जानसक्ने प्रहरीले बताएको छ। तर लगातारको वर्षाले करिडोरमा पनि ठाउँठाउँमा पहिरो र बाढीको जोखिम छ ।

मंगलबार दुम्किवासस्थित विनयी खोलाको डाईभर्सन बगाएपछि दिनहुँजसो अवरोध भइरहेको छ। यो डाइभर्सन सात पटकसम्म खोलाले बगाउँदा आवागमन कठिन भएको प्रहरीले बताएको छ।

नारायणगढ-बुटवल सडक अवरुद्ध,वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

नारायणगढ-बुटवल सडक अवरुद्ध,वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया