तीनकुने झडप:घाइतेको उपचारमा ७० लाख खर्च हुने अनुमान



नागरिक अपडेट


काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार खर्चबापत विभिन्न अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिल पेस गर्न थालेका छन् ।

Advertisement

हालसम्म १७ जना घाइतेको उपचारबापत १० लाख ३६ हजार रुपैयाँभन्दा बढीको बिल प्राप्त भएको र सबै घाइतेको उपचार खर्च करिब ७० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म निजामती कर्मचारी अस्पताल, काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड, र बीएन्डबी अस्पतालले १७ जना घाइतेको उपचार बिल पेस भएका छन् । यी अस्पतालहरूले जम्मा १० लाख ३६ हजार १६५ रुपैयाँ भुक्तानीका लागि माग गरेका उनले जानकारी दिए ।

Advertisement

प्रवक्ता बुढाथोकीले बाँकी घाइतेहरूको बिल आउने क्रम जारी रहेको र कुल उपचार खर्च करिब ७० लाख रुपैयाँसम्म पुग्न सक्ने अनुमान रहेको बताए । ‘बिल आउने क्रम जारी छ, करिब ७० लाखसम्मको बिल पेस हुने अनुमान छ,’ उनले भने ।

मन्त्रालयले सबै अस्पतालसँग समन्वय गरी बिलहरू संकलन गरिरहेको जनाएको छ । संकलित बिलको भुक्तानीका लागि अर्थ मन्त्रालयमा पठाइने प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया