काठमाडौँ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः मा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार नेदरल्याण्ड् सँग सिरिजको तेस्रो खेल खेल्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो। नेदरल्याण्डले दिएको सो लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले ६५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै आजको खेलमा आरिफ शेखले ३९ रन बनाउँदा भिम सार्कीले २७ रन बनाए । नेदरल्याण्डस्का लागि ओपनर लेभिटले सर्वाधिक ८६ रनको अर्धशतकीय पारी खेले ।
उनले ५३ बल खेल्दै ६ चौका र ५ छक्का प्रहार गरे । नेदरल्याण्डस्का लागि रोएलफ भ्यान डेरले ३६ र आर्यन दत्त १७ रनमा अविजित रहे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक दुई विकेट लिए । त्यस्तै ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र सन्दीप लामिछानेले समान एक एक विकेट लिए ।