गुल्मीको छत्रकोट गाउँपालिका १ हुगाँमा लागेको आगोबाट १ गोठ जलेर नष्ट भएको छ भने केहि पशुचौपाया मरेका छन । हुगाँका वडाध्यक्ष घनश्याम न्यौपानेले दिएको जानकारी अनुसार १ गोठ जलेर नष्ट भएको र केहि पशुचौपाया मरेको तथा घरमा सल्केको आगोलाई नियन्त्रणमा लिएको बताउनुभयो ।
यसैबीच छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले हुगांको सत्यवतीमा लागेको आगो नियन्त्रणमा ल्याउनका लागि सम्पुर्ण छत्रकोटवासीमा सहयोगको अपिल गर्नुभएको छ । गाउँपालिका अध्यक्ष पाण्डेले केहि समय अगाडि सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै हुँगाकाे सत्यवतीमा भिषण आगलागी भएकाेले सम्पूर्ण छत्रकाेटवासी जनसमुदायमा सहयाेगकाे लागि अपिल गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ “छत्रकाेट १ हुँगाकाे सत्यवतीमा भिषण आगलागी भएकाेले सम्पूर्ण छत्रकाेटवासी जनसमुदायमा सहयाेगकाे लागि हार्दिक अपिल गर्दछु । ” हुगाँको सत्यवतीमा यतिबेला भीषण आगलागी भएको छ ।
आगलागी नियन्त्रणमा ल्याउने प्रयास निरन्तर जारि रहेतापनि हावाहुरीको कारणले गर्दा नियन्त्रणमा ल्याउन सकस भइरहेको छ ।